नियम
लक्ष्य सहितको कार्यक्रम तथा प्रगति सहितको प्रतिवेदन पेश गर्नु पर्ने

७. लक्ष्य सहितको कार्यक्रम तथा प्रगति सहितको प्रतिवेदन पेश गर्नु पर्नेः

(१) सरकारी निकायले आर्थिक वर्ष शुरु भएको पन्ध्र दिनभित्र सो आर्थिक वर्षको लक्ष्य तोकिएको वार्षिक कार्यक्रम
सहितको विवरण तालुक निकायमा पठाउनु पर्नेछ ।

(२) सचिवले आफू बहाल रहेको मन्त्रालय तथा सोस“ग सम्बन्धित परियोजना र मातहत निकायले प्रत्येक महिना सम्पादन गरेको कामको ऐनको दफा ११ को उपदफा (२) को खण्ड (छ) बमोजिम मासिक प्रतिवेदन पठाउ“दा कार्यसम्पादन भएको महिनापछि लगत्तै आउने महिनाको पन्ध्र गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पठाउनु पर्नेछ ।

(३) विभागीय प्रमुखले आफू बहाल रहेको विभाग तथा सोस“ग सम्बन्धित काम र मातहत निकायले प्रत्येक महिना सम्पादन गरेको कामको ऐनको दफा १२ को उपदफा (२) को खण्ड ( च) बमोजिम मासिक प्रतिवेदन पठाउ“दा कार्यसम्पादन भएको महिना पछि लगत्तै आउने महिनाको एघार गतेभित्र पठाउनु पर्नेछ ।

(४) कार्यालय प्रमुखले आफू बहाल रहेको कार्यालय तथा सोस“ग सम्बन्धित परियोजना र मातहत निकायले प्रत्येक महिना उपनियम (१) बमोजिमको विवरणमा उल्लिखित लक्ष्यहरुको उपलव्धि सहित सम्पादन गरेको कामको मासिक प्रतिवेदन कार्यसम्पादन भएको महिना पछि लगत्तै आउने महिनाको सात गतेभित्र सम्बन्धित मन्त्रालय र विभाग समक्ष पठाउनु पर्नेछ ।

(५) ऐनको दफा ४१ बमोजिम पेश गर्नु पर्ने वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले पन्ध्र दिनभित्र पेश गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम पेश गर्नु पर्ने मासिक प्रतिवेदनको ढा“चा अनुसूची–१ बमोजिम हुनेछ ।